You are viewing the translated version of ढुवानीकर्ताको दायित्व.

Section 9
ढुवानीकर्ताको दायित्व
ढुवानीकर्ताले प्रचलित कानून बमोजिम पूरा गर्नुपर्ने अन्य दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:-
(क) ढुवानी गरिने वस्तुको प्रकृति अनुसार निर्धारित अवधिभित्र नै
ढुवानी गर्नु पर्ने,
(ख) ढुवानी गर्दा वस्तुको गुणस्तरमा हास आउन नदिने,
(ग) ढुवानी गर्दा तोकिए बमोजिम सुरक्षात्मक व्यवस्था तथा
पालना गर्नु पर्ने शर्तहरू पूर्ण रूपमा पालन गर्ने,
(घ) सम्बन्धित निकाय वा अधिकारीले माग गरेको बखत वस्तुको विवरण उपलब्ध गराउने,
(ङ) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।